भदौ २०, काठमाडौँ । आज सुनको भाउमा भारी गिरावट आएको छ ।
आज छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलानामा आज तोलामा १५ सय रुपैयाँले कमी आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा ४० रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस