ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो


साउन २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ ।

पेट्रोल लिटरमा १ रुपैयाँ महंगिँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको बताएको छ । यस्तै निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

२०७६ श्रावण २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको