भोलिदेखि दाङको टरिगाउँ बिमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने


साउन २१, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ ।

एयरलाईन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोली साउन २२ गते बुधबारदेखि टरिगाउँ बिमानस्थलमा दाङ–काठमाडौंकालागि नियमित दुईवटा बिमानले अवतरण गर्ने भएका छन् ।

नियमित दुइ उडान हुने भएपछी अब हप्तामा १४ वटा उडान हुने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको नेपाल बायुसेवा निगमले जनाएको छ ।

तुलसीपुर उपमहानगर पालिका र निगम बीच गत २०७५ कार्तिक ३० गते बसेको बैठकको निर्णय द्वारा काठमान्डौ-दाङ-काठमान्डौ दैनिक नियमित उडान भर्ने द्वीयपक्षीय सम्झौता भएको थियो, उक्त सम्झौता पत्रमा बजारको मागअनुसार उडान थप-घट गर्न सकिने उल्लेख भएको थियो ।

लामोसमयदेखि बन्द रहेको उक्त बिमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको बर्षदेखि नियमित बनाईएको हो । यस अघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको थियो । अब दैनिक दुईवटा उडान भर्ने भएको छ ।

टरिगाउँ बिमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अबस्थामा पुगेको छ ।

बिगत ६४ वर्षदेखि टरीगाउँ विमानस्थल सञ्चालन हुँदै आएको छ । यस बिचमा विभिन्न कारण बस कहिले संचालन हुने कहिले बन्द हुने कार्य हुँदै आएको थियो  । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।

गएको बर्ष कार्तिकदेखि उक्त बिमानस्थलमा दैनिक सेवा दिन थालिएको हो ।

हेर्नुहोस निगमको बिज्ञप्ति:

२१ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको