टेलिभिजन प्रस्तोता सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा भेटिए


साउन २१, काठमान्डौ । नेपाली पत्रकारिताको इतिहासमा खरो र अनुसन्धानात्मक अनि जनपक्षिय पत्रकारको पहिचान बनाएका माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।

उनी गएराती चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले उनको हत्या भएको हो कि आत्महत्या भएको हो भन्ने बारेमा छानबिन भैरहेको जानकारी दिएको छ।

पुडासैनी लामो समय न्युज २४ मा रबि लामिछानेको ‘सिधा कुरा जनतासंग” कार्यक्रममा काम गरेका पत्रकार हुन्। हालैमात्र उनी सो टेलिभिजन छाडेर माउन्टेन टेलिभिजनमा त्यस्तै प्रकृतिको ‘मिसन न्युज’ कार्यक्रम चलाउदै आएका थिए ।

उनले अन्तिम पटक माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए। उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसगँ बेच्दै गरेको समाचार उजागर गरेका थिए।

हेर्नुहोस समाचार:

२१ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको