दाङ पुगेर खानेपानी मन्त्री विना मगरले दिईन यस्तो प्रतिक्रिया


जेठ २३, दाङ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले स्वच्छ खानेपानीलाई संविधानले नै मौलिक अधिकारको रुपमा उल्लेख गरेपनि त्यो पुर्‍याउन चुनौति रहेको बताएकी छन्।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले बिहीवार तुलसीपुरमा आयोजना गरेको खानेपानी आयोजना सञ्चालन व्यवस्थापन तथा सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले ८८ प्रतिशत जनता खानेपानीको आधारभूत पहुँचमा रहेको र २० प्रतिशत जनतामा मात्रै प्रशोधित पानी पुगेको बताइन्।

सन् २०३० सम्म प्रशोधित पानीको सुनिश्चितता आम नागरिकलाई पुर्‍याउनुपर्ने चुनौति रहेको मन्त्री मगरले बताइन्। ‘एकातिर मौलिक अधिकारसँग स्वच्छ पानी जोडिएको छ, अर्कोतिर हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका थुप्रै सहमतिहरुलाई पुरा गर्नुपर्ने अवस्था छ’ मन्त्री मगरले भनिन्।

खानेपानीको विकासका लागि मन्त्रालयले दाङलाई प्राथमिकतामा राखेर काम सुरु गरिरहेको उनले बताइन्। उनले बबईको पानी लिफ्टिङ गरि तुलसीपुरमा ल्याउने र पातुखोलामा हाइड्याम निर्माणको लागि सर्भेको काम पनि गरिसकेको बताइन्। स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालिन योजना बनाएर काम गरिने प्रतिबद्धता जाहेर गरिन्।

२३ जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको