कोपा अमेरिका नजिकिदैं गर्दा नेइमारले चोट बोके, खेल गुमाउने खतरा


जेठ २३, एजेन्सी । पिएसजी क्लब तथा ब्राजिलका स्टार खेलाडी नेइमार कोपा अमेरिका नजिकिदैं गर्दा फेरि घाइते भएका छन् । दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका गुमाउने खतरा बढेको छ ।

कतारसँग भएको मैत्रीपूर्ण खेल दौरान नेइमार घाइते भएका हुन् । सो खेलमा नेइमार २१ मिनेटमै चोट बोकेर मैदान छाडेका थिए । नेइमारको खुट्टामा चोट लागेको छ । चोटपछि पनि खेल्न प्रयास गरेका उनी पछि कठिन भएपछि रुँदै मैदान छाडेका थिए ।

लगातार चोटको सिकार भइरहेका नेइमार यसअघिको प्रशिक्षणक्रममा घाइते भएर तीन दिन टोलीबाहिर रहेका थिए । हाल नेइमारको चोटबारे ब्राजिलका प्रशिक्षक टिटेले केही खुलाएका छैनन् । चेकजाँचपछि उनको चोटको अवस्था र उनले कोपा खेल्ने–नखेल्ने थाहा हुने बताए ।

जुन १४ बाट कोपा अमेरिका सुरु हुँदैछ । यसपाली ब्राजिललाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । खेल ब्राजिलको आफ्नै होम ग्राउन्डमा हुँदैछ ।

२३ जेष्ठ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको