प्रदेश १ को राजधानी विराटनगर तोकियो


बैशाख २३, मोरङ । प्रदेश नम्बर १ को प्रदेशसभाले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनको अन्तिम दिन सोमवार सर्वसम्मतिले प्रदेशको राजधानी विराटनगर बनाउने निर्णय गरेको हो ।

प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो ।

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो ।

राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

२३ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको