बालुवाटारको जग्गा दर्ता खारेज गर्दै सरकार


बैशाख २३, काठमाडौँ । सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन् ।

‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उनले भनिन्, ‘अब खारेजी प्रक्रिया छ ।’ ‘१५ दिन कित्ता पत्ता लगाउन लाग्यो । छानबिनका लागि सोमबारसम्म म्याद दिएको छु ।’, उनले भनिन्,‘१७÷१८ कित्ता अझै पत्ता लगाउन बाँकी छ । ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाम ल्याइन्छ ।’

२३ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको