हावाहुरी पिडितका लागि दहचोकवासीद्वारा सहयोग रकम संकङलन


चैत २३, काठमाडौँ । पूर्वी मधेशमा महाविनाशकारी हावाहुरीले ठूलो जनधनको क्षति पुर्याए.पछि राहात स्वरुप विभिन्न निकायहरुले सहयोग जुटाउन थालेका छन् ।

वारा र पर्साका आँधी हुरि पिडितहरुका लागि चन्द्रगिरि नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसी र स्थानिय राजनितिक दलका प्रतिनिधि, समाजसेवीसहितको टोलीले मधेशका हावाहुरी पिडितको उद्दारका लागि चन्दा संकलन गर्न सडकमा उत्रिए ।

चन्द्रगिरि नगरपालिका वडा नम्वर १ दहचोकको अगुवाईमा चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुको उद्दारमा दहचोकवासी सृजना चोकमा निस्किएका थिए । दहचोक सृजना चोकवाट सुरु गरिएको राहात संकलन, मिलन चोक, चिसापानी खहरे पुगेर स्थगन भएको हो ।

चन्द्रगिरि जगरािलका वडा नम्वर १का अध्यक्ष राजेन्द्र केसी भन्छन ‘विपद्को घाउ पूर्व, पश्चिम जता लागे पनि दुखाई सबैतिर हुँदोरहेछ । बढि दुखाई पूर्वी तराईवासीमा भएकोले मलमपट्टिका रुपमा सहयोग संकलनमा सक्रिय भएका हौं ।’

तत्कालिन दहचोक गाँउ विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकवासीबाट १ लाख ३६ हजार ५ सय १५) संकलन भएकोर र सल्लाह गरेर प्रभावित व्यक्ति वा प्रदेश २ का मुख्यमन्त्री कोषको खातामा पठाईने वताए ।

२३ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको