नवलपरासीमा बिजुलीकाे खम्बाले लागेर दाजुको मृत्यु, भाइ घाइते


चैत २३, नवलपरासी । ट्याक्टरमा रहेको बिजुलीको खम्बा उतार्ने क्रममा पोलले लागेर सात वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

नवलपरासीकाे गैँडाकोट नगरपालिका –१३, ढोलबाजा चोकमा लु ३ च ७१ ९० नम्बरको ट्याक्टरबाट बिजुलीको खम्बा उतार्ने क्रममा लागेर त्यसै ठाउँका ७ वर्षीय राजिव विकको मृत्यु भएको हो ।

खम्बाले लागेर गम्भीर घाइते भएका राजिवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

खम्बाले लागेर राजिवका भाई ५ वर्षका रागव विक घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२३ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको