बोइङको ७३७ म्याक्स विमान उत्पादन बन्द हुने


चैत २३, सिकागो । अमेरिकी चर्चित विमान उत्पादन कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलका विमान उत्पादन बन्द गर्ने भएको छ।

७३७ म्याक्स मोडलका दुई विमान लगातार दुर्घटनामा परेपछि बोइङले यस मोडलको विमान उत्पादन अस्थायी रुपमा बन्द गर्न लागेको कम्पनीले जनाएको छ।

विमान उत्पादन तत्कालका लागि बन्द भएपनि यस मोडलको उत्पादन भविष्यमा चाँडै सुरु हुने बोइङले जनाएकाे छ।

गत वर्षको अक्टोबर महिनामा इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान जाभा समुद्रमा दुर्घटनापछि खसेको थियो। त्यसमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो।

सो घटना अनुसन्धानकै क्रममा रहँदा यसै वर्षको मार्च १० मा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमाना दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो।

एकै मोडलका दुई विमान दुर्घटनाग्रस्त भएपछि गत मार्च महिना देखि नै यस मोडलका विमानहरु विश्वभर ग्राउन्डेड छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा यस मोडलका विमानमा सफ्टवेर खराबी भएको समाचारहरु आएका छन्। अनुसन्धान जारी रहँदा बोइङले ७३७ म्याक्स विमानको उत्पादन अस्थायी रुपमा बन्द गरेको हो। एजेन्सी

२३ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको