चैत २३, धादिङ । नेपाल प्रहरी र ट्रिपर तथा ट्रक व्यावसायीहरूले चालकहरूलाई सुरक्षित चालक बन्न अाग्रह गरेका छन् ।
शुक्रबार सामुदायिक प्रहरी साझेदारी अन्तर्गत धादिङ खानीखाेला प्रहरी, ट्राफिक प्रहरी र नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिको अायाेजनामा एकदिने दुर्घटना न्युनिकरण कार्यक्रम अायाेजना गरिएकाे हाे ।
नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समिति कंलकीले धादिङकाे सिक्रेखोलामा अयोजित गाडीमा राखिएकाे अनावश्यक धोजा, चालक र सहचालक साइडमा राखिएको कालो रङको स्टिकरहरु र गाडीको सिसा सफा गरेकाे छ ।
नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समिति राम कुमार चापागाईंले सवारी साधनमा सानाे लापरबाहीले पनि ठुलाे दुर्घटना हुने हुदा चालकहरूले सधै साना-साना कुरामा पनि ध्यान पुर्याउन अावश्यक रहेकाे वताए । उनलेे पछिलाे समय ट्रक र टिपर व्यवसाय मर्यादित र अनुशासित वनाउन सरकार गम्भीर रहेकाे प्रति ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल ट्रिपर तथा ट्रक व्यावसायी समितिसह कोसाअध्यक्ष राजन श्रेष्ठले दुर्घटना न्युनिकरणमा सवै गम्भीर र सडक अनुशासन पालन गर्न सधै चालक तयार हुनु पर्ने भन्दै सवारीसाधन चालकहरू सधै गम्भीर र जिम्मेवारी वहनवाट नजिक हुनु पर्नेमा जाेड दिए ।
कार्यक्रममा खनिखोला ट्राफिक र इलाका प्रहरी कार्यलय गजुरी ट्राफिक प्रहरी सवैकाे सुरक्षित र मर्यादित चालक वनु पर्नेमा जाेड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस