चैत २३, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर कालो झण्डा प्रदर्शन गरेको छ ।
सरकारको प्रतिबन्धको बाबजुत नेकपाले बिहिबार सबै स्थानीय तहमा कालोझण्डा प्रदर्शन गरेको हो । पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज आ–आफ्नो अनुकुलतामा देशभर नेकपाका नेता कार्यकर्ताले कालो झण्डा प्रदर्शन गर्दै बिभिन्न स्थानमा कालो टाँगेका छन् ।
यसैक्रममा नेकपा कैलालीले धनगढी उपमहानगरपालिकाको मोतिचोक र बुद्ध चोक, फुलबारीमा कालो झन्डा र व्यानर टासेको छ । जिल्लाको त्येक नगरपालीका र गाउँपालिकामा झण्डा प्रदर्शन गरेको सो पार्टीले जनाएके छ ।
पार्टीका नेता कार्यकर्ताको गिरफ्तार र पार्टीमाथि लगाईएको प्रतिबन्धको बिरोधमा नेकपाका महासचिव विप्लवले चैत ११ गते बिज्ञप्ती निकालेर नेपाल बन्द सहित २४ गते सम्मको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।
नेकपाले चैत १६ गते आह्वान गरिएको नेपाल बन्द भने नेपाल बार एसोसिएसन र एसईई परिक्षा परेपछि बारको आग्रहका कारण स्थगित गरेको थियो ।
घोषित कार्यक्रम अनुसार भोली पनि कालो झण्डा प्रदर्शन र २४ गते देशव्यापि जनप्रदर्शन र जनसभाको आयोजना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस