काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीले समायोजन प्रक्रियाको विरोध गरे: मन्त्री पण्डित


फागुन २२, काठमाडौँ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको’ दाबी गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिने बित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारे।

२२ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको