प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

फाइल तस्बिर 

बुधबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथाेरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि साँझ डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो । उनी दिनभर सीसीयूमा आराम गरेका थिए ।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको