विप्लव नेकपाले गर्यो राप्ती बन्दकाे घाेषणा


फागुन २२, दाङ । विप्लव नेतृत्वको नेकपाले भोलि फागुन २३ गते राप्ती अञ्चलका ५ जिल्ला बन्दको घाेषणा गरेको छ ।

फाइल तस्बिर 

राप्ती इन्चार्ज सुबास बाठाले एक प्रेस बिज्ञप्ती जारी गर्दै राप्ती बन्दलाई सफल बनाउन सबैमा आग्रह गरेका हुन । कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्रवान गरिएको बिपल्व नेकपाले जनाएको छ ।

फागुन २० गते नेकपा रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन, त्यसैगरी फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित राप्ती अन्चल बन्द गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

विज्ञप्तीमा भनिएकाे छ- “देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता-कार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने, शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएको छ ।”

२२ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको