दिल निशानी मगर भन्छन्; रेशम चौधरीलाई थारुको छोरा भनेर हेपियो


फागुन २२, काठमाडौँ । लेखक तथा विश्लेषक दिल निशानी मगरले रेशम चौधरीको मुद्दा बारे अदालतले गरेको जन्म कैदको फैसलालाई कडा आलोचना गरेका छन्।

अदालतको उक्त निर्णयलाइ आदिबासी जनजातीहरुलाइ जन्मकैद गरेर नश्लबादीहरुको विजय भएको बताएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्; “रुपमा हेर्दा रेशम चौधरीलाई जन्मकैद गरे जस्तो देखिए नि सारमा हेर्दा यो समग्र आदिवासी जनजातीहरुलाई जन्मकैद गरिएको हो। नश्लवादीहरुको विजय हो।”

चौधरीलाई यसअघी सरकारले संसदको सपथ खुवाउने वातावरण मिलाएको थियो र उनी संसदको लोगो लगाएर थुनामै गएका थिए। लामो समयपछी अदालतले फैसला सुनाएको छ। उनको पार्टी राजपाले आकस्मिक बैठक राखेको छ।

रेशम चौधरीलाइ फागुन गते १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । चौधरीले आत्मसमर्पण गरेको एक वर्षपछि जिल्ला अदालत कैलालीले उनी दोषी रहेको ठहर गरिएको छ । टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेसमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको