रोल्पाका प्रमुख खत्रीसंग घोडा देखि बोलेरो सम्म [अज्ञात समूहले जलाएको गाडीको तस्बिरहरु]


फागुन २२, रोल्पा । गएराती अज्ञात समूहले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीको गाडीमा आगजनी गरेको छ ।

अध्यक्ष खत्रीले भे १ ज २७८५ नम्बरको बोलेरो भाडामा प्रयोग गर्दै आएका थिए ।

मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी, त्यहि बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा बोलेरो पार्कीङ गरी राखेका थिए । पार्किङ्गमा राखेको बोलेरो गाडीलाई अज्ञात समुहले आगजानी गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उक्त बोलेरो सवारी जेष्ठ २०७५ देखि खत्रीले उपभोग गर्दै आएका थिए ।

खत्रीले प्रयोग गर्दै आएको बोलेरोलाई मासिक १ लाख ७० हजार गाडीभाडा तिर्दै आएका छन् भने गाडी चालकलाई दैनिक ५०० भत्ता दिरहेका छन् ।

उनका गाडी चालक राजु तिमिल्सना हुन् । उनले चलाउने प्रमुखको गाडीले करिव २० देखि ३० हजार सम्मको मासिक तेल खर्च हुने स्रोतले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले २२० सिसिको मोटरसाइकल पनि प्रयोग गर्दै आएका छन् । प्रसाराम डाँगीलाई बाइक चालकको रुपमा राखेका छन् भने उनलाई रु. ६६५ दैनिक भत्ता दिंदै आएका छन् ।

यति मात्रै होइन उनीसंग एउटा घोडा पनि छ । उक्त घोडा ६० हजारमा खरिद गरेका थिए, भने घोडाको लागि दानापानी मासिक ९ हजार छुट्याइएको छ । आफ्नै काका पर्ने केश बहादुर खत्रीलाइ मासिक ७ हजार तलब दिएर घोडा चालकको रुपमा राखेका थिए । घोडाको सबै रेखदेख उनैले गर्छन । यो सबै गाउपालिका कार्यलयबाटै खर्च गरिको हो ।

यस बाहेक गाउपालिकामा ६ वटा मोटर साइकल पनि खरिद भएका छन् । उक्त मोटर साइकल कर्मचारी तथा केहि वडाका अध्यक्षहरुले प्रयोग गर्दै आएका छन् ।

गाउपालिका प्रमुखले आफ्नो निजि स्काभेटर पनि खरिद गरेका छन् । उक्त स्काभेटरलाइ १.३ करोड बराबरको मूल्य पर्छ । गाउपालिकाका ठुला योजनाहरुमा आफ्नै स्काभेटर डोजर प्रयोग गर्ने गरेका छन् ।

(तस्बिर प्रमुख खत्रीका प्रेस सल्लाहकार असोक ओलीको फेसबुकबाट)

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको