सल्यानमा रात्री बस दुर्घटना, १५ जना घाइते


फागुन २२, सल्यान । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको रात्री बस सल्यानमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार बिहान ९ बजेतिर सल्यानको शारदा नगरपालिका १ चैबाङ जिउलामा बा ४ प ५३६४ नम्बरको बस पल्टिएको हो । दुर्घटनामा घाइते मध्ये १ गम्भीर रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको अहिले श्रीनगरमा रहेको कान्तिपुर अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकदेखि करिव १० मिटर तल खसेको छ ।

तस्बिर: आशिष केसी

२२ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको