संसद्को पहिलो वर्षः कानुन निर्माणका दृष्टिले उपलब्धिमूलक


फागुन २२, काठमाडौँ । संघीय संसद्को बैठक शुरु भएको मङ्गलबार एक वर्ष पूरा भएको छ । यो एक वर्ष कानून निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण भएको भन्दै पहिलो वर्षलाई उपलब्धिमूलक ठानिएको छ ।

मौलिक हकसँग सम्बन्धित् कानून २०७५ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने र संविधानसँग बाझिएका कानून फागुन २१ गतेसम्म परिमार्जन गरिसक्नुपर्ने संवैधानिक बाध्यता सफलतापूर्वक सम्पन्न भएकाले पनि संसदको यो एक वर्ष उपलब्धिमूलक ठानिएको विधायकहरूले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद् भीम रावलले संसदको मुख्य काम कानून निर्माण गर्ने भएकाले यो एक वर्षको अवधिमा कानून निर्माणदेखि लिएर कतिपय प्रक्रियागत कुरामा संसदले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडुले संसदको एक वर्षमा कानून बनाउने काम भए पनि हुनुपर्ने जति काम हुन नसकेको प्रतिक्रिया दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

२०७५ फाल्गुन २२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको