बाहिर नदेखिए पनि सरकारले युगान्तकारी काम गरेको छ: प्रचण्ड


माघ २३, चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताएका छन ।

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२आँै वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनल्रे सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताए । उनले संविधान कार्यान्वयनलाई असफल बनाउन देशीविदेशी तत्वहरु सक्रिय रुपमा लागिपरेको आरोप लगाए ।

गरीबीका कारण स्वास्थ्योपचार तथा विद्यालयमा अध्ययन गर्न वञ्चित रहेका व्यक्तिलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले सो विद्यालयलाई कृषि क्याम्पस बनाउन प्रस्ताव राख्ने आश्वासनसमेत दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद अग्नि सापकोटालगायतको सहभागिता रहेको थियो ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको