‘निर्मला प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारले बेचे’


माघ २३, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतलाई कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारहरुले बेचीखाने विषय बनाएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलसँगको प्रश्नोत्तर सत्रमा बोल्दै सांसद बस्नेतले सरकारले गम्भीर अनुसन्धान गर्दा गर्दै पनि निर्मला प्रकरणलाई अनावश्यक उचाल्ने काम भएको गुनासो गरे ।

सांसद बस्नेतले निर्मला प्रकरण प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि राजनीति गर्ने विषय बनेको जिकिर गरे । सांसद बस्नेतले सरकारबाट अनुसन्धान जारी राखेको अवस्थामा निर्मला प्रकरणलाई अनावश्यक उचाल्नेहरुमाथि पनि छानबिन गर्न सरकारलाई आग्रह गरेका गरेका छन् ।

उनले निर्मला पन्त प्रकरणको छानबिनमा त्रुटी गर्ने तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई खटाउने प्रहरी नेतृत्वमाथि कारबाही गरिनुपर्ने पनि जिकिर गरे ।

‘अनुुसन्धानको ९६ प्रतिशत काम सकिएको भन्नेमा बधाई छ । तर कञ्चनपुर प्रहरी प्रमुख बनाएर दिल्लीराज विष्टलाई खटाउनेमाथि कारबाहीको प्रक्रिया के हुँदैछ ?’, बस्नेतले सोधे अन्नपुर्ण पोष्टमा खबर छ ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको