जाजरकोटमा विप्लव नेकपाले बनायो ५० संगठन, १४५ जनाले पार्टी प्रवेश गरे


माघ २३, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुको लर्काे चलेको छ ।

नेकपाले संचालन गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तरगत १३ दिनको अवधिमा विभिन्न पार्टी परित्याग गरि विप्लव नेतृत्वको नकपामा १४५ जनाले प्रवेश गरेका छन् । माघ १० गतेदेखि सुरु भएको अभियानको कमान्डर नेकपा सल्यान सेक्रेटरी लोक्पाल केसी महेन्द्रले गरेका छन् ।

उनका अनुसार नलगाड नगरपालिका भित्र १३ दिनका ५० वटा पार्टी संगठन र जनवग्रीय संगठन बनेका छन् । यो अभियान अझै जारी रहने नेता महेन्द्रले बताए ।

जाजरकोटमा अहिले नेकपाले ४ वटा कमाण्डर विभाजन गरेर संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । जनयुद्धको अधार गाउँ थाप्ला आज कार्यक्रम भइरहेको नेता महेन्द्रले बताए ।

२०७५ माघ २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको