माघ २३, सल्यान । सल्यानमा आफ्नै आमाले ४ बर्षिया छोरालाई विष खुवाई हत्या गरेकी छन ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ सुँगुर पोखरी बस्ने एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएकाे पुस २८ गते बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी समक्ष खत्रीले स्वीकार गरेकी हुन्।
आफ्नाे श्रीमान लिलाधर खत्रीसग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित ब्यक्ति सँग फोन सम्पर्क गर्ने गरेकी थिइन् । आफू अविवाहित देखिएर अर्कैसंग प्रेम सम्बन्ध राख्नकाे लागी खत्रीले आफ्नै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
खत्रीले आफ्नो छोरा समिरलाई सल्फास नामक बिशाधी औषधि खुवाएकी थिईन। औसधी खुवाई भुत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजादै गर्दा बाटोमै छोरा समिरको ज्यान गयको प्रहरीले जनाएको छ।
गाउलेहरुलाई भ्रममा पारी खत्रीले मृतक छोरा समिरको लास जङ्गलमा गाडेपछि प्रहरीले २९ गते खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो।अनुसन्धानकै क्रममा खत्रीले हत्या गरेको स्वीकार गरेपछि उनलाई आजै जिल्ला अदालत सल्यानमा पेस गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस