माघ २३, बुटवल । बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले आफ्ना केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्माको गिरफ्तारीको बिरुद्द शैक्षिक हड्तालको घोषणा गरेको छ । बिश्वकर्मालाई माघ १७ गरे बिराटनगरवाट बिनाकारण गिरफ्तारी गरेको भन्दै लुम्बिनी ब्युरो अन्तर्गतका बिद्यालयहरु बन्दगर्ने जनाएको छ ।
आउदो माघ २४ गते शैक्षिक हड्तालको घोषणागरि नवलपुर, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न अपिल गरेको छ ।
संयोजक बिरेन्द्र बिकद्वारा प्रेस बिज्ञप्ति जारि गर्दै बन्दको घोषणा गरेका छन् ।
हेर्नुहोस बिज्ञप्ति यस्तो छ:
प्रतिक्रिया दिनुहोस