सासंदसँग भोट फिर्ता माग्दै हस्ताक्षर अभियान सुरु


माघ २३, रुकुमपूर्व । रुकुम पूर्वको गोल्खाडाका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आफ्नो भोट फिर्ता गर्न माग गरेका छन् । भोट दिएर चुनाव जिताएका सांसदहरु द्वारा गोल्खाडा सदरमुकाम स्थापनाका लागि कुनै पहल र सहयोग नभएको जनाउदै स्थानीयले मत फिर्ता हस्ताक्षर अभियान चलाएका छन् ।

गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुव पुन मगरले प्रतिनिधिसभा सासंद कमला रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओली जनताका पक्षमा नबोलेको आरोप लगाए। मंगलबार प्रदर्शनको क्रममा उनले भने ‘हाम्रै क्षेत्रबाट हाम्रो मतले चुनाव जितेर अहिले हाम्रो पक्षमा नबोल्नु जनमतको अपमान हो ।’

गोल्खाडामा मंगलबारको विरोध कार्यक्रम आयोजना गरिएको थियो । गोल्डामा सदरमुकाम राख्ने विषयमा जिल्लाका तीन गाउँपालिकाका ३१ वडा मध्ये पुथा उत्ततरगंगाका १४ वटै वडा र भुमे गाउँपालिका केही वडाका जनताको समर्थन रहेको प्रदर्शनकारीको दाबी छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।

प्रशासनले भने सदरमुकामका विषयमा विवाद बढ्दै गएपिछ मुडभेडमा हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले आइतबार साँझ ७ बजेदेखी अर्को आदेश नभएसम्मका लागि रुकुमकोट उपत्यका र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा कुनैपनि प्रकारको विरोध प्रर्दशन, सभा, जुलुस भेला नगर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

गोल्खाडामा जिल्ला सदरमुकाम हुनुपर्ने माग गर्दै मंगलबार गोल्खाडामा भेला भएका सर्वसाधारण । तस्बिरः महेश केसी

२०७५ माघ २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको