कालिकोटमा नयाँ गैरसरकारी संस्थामा जनप्रतिनिधिको उच्च संलग्नता


कर्ण बिश्वक्रर्मा/माघ २३, कालिकोट । कालिकोट जिल्लामा २३ वटा नयाँ गैरसरकारी सस्था दर्ता भएका छन ।

साउन यता दर्ता भएका २३ वटा नयाँ सबै गैरसरकारी सस्थामा जनप्रनितिधिहरुको उच्च संलन्नता रहेको पनि पाईएको छ । जिल्लाको शुभकालिका ६ का जगतप्रसाद चौलागाईं अध्यक्ष रहेको कर्णाली सहिद स्मृति प्रतिष्ठानको सल्लाहकार समितिमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंह रहनु भएको छ ।

सासद रावल र प्रमुख स्वकिय सचिवलाई सल्लाहकार राख्दा प्रतिष्ठानमा सहयोग जुट्ने अध्यक्ष चौलागाईको भित्रि आसा भएर राखेको सबैले अनुमान गरेका छन । प्रतिस्ठानमा राखिएका सल्लाहकारको हस्ताक्षर त छैन, तर नामः र नागरिक्ताको फोटोकपि भने राखिएको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले भन्नुभयो । उहाँको सहमति नहुन पनि सक्छ, तर नाम छ ।

जनप्रतिनिधिकै संलग्नतामा कालिकोटमा हालसालै एनजीओ दर्ता गर्ने होडवाजी चलेको छ । सहायक प्रजि दुलालका अनुसार कतिपय जनप्रतिनिधिले आफन्त र नजिकका कार्यकर्ता मार्फत संस्था दर्ता गरेको पाईएको छ । सान्नीत्रिवेणी ४ का वडाध्यक्ष अनिपाल धामीले सुरुमा आफैं अध्यक्ष भएको लिस्ट राखेर जिल्ला प्रशासनमा सामाजिक सेवा समाज केन्द्र नामक एनजीओ दर्ता गर्न पुग्नु भयो ।

फाइल हेदै जादा सहायक प्रजिअ राजकुमार दुलालले जनप्रतिनिधि नै अध्यक्ष रहन मिल्दैन भनेपछि उहाँ सदस्य रहेर अध्यक्षमा जक्ति सार्की र कोषाध्यक्षमा आफन्तै पर्ने सुनीता धामीलाई राखेर फेरी फाईल पेस गर्नुभयो ।

यस्तै खाडाचक्र नगरपालिका वडा नं २ का वडाध्यक्ष विर्खसिंह विश्वकर्मा पनि सामाजिक परिवर्तन र दलित अधिकारमा काम गर्ने उद्देश्यले दर्ता गरिएको सामाजिक समानताका लागि विकास साझेदार समाज नेपालको सदस्यमा वस्नु भएको छ । उहाँ मात्र होइन खाडाचक्र नगर कार्यपालिका सदस्य धर्मराज ताम्राकार, नेकपाका नेता दिनेश चदारा लगायत सदस्य रहेर हालै संस्था दर्ता गरिएको छ ।

सान्नीत्रिवेणी वडा नं ३ का वडाध्यक्ष विष्णुप्रसाद देवकोटा सिस्नेगडा ड्याम संरक्षण तथा सेक्रेटरी समिति सदस्य वन्नु भएको छ । यस्तै तिलागुफा नगरपािलका वडा नं १० का वडाध्यक्ष मुनबहादुर थापा रुरु बन्चु जनजागरण युवा क्लबका सदस्य रहनु भएको छ । उहाँ मात्र होइन, कतिपय जनप्रतिनिधिले भाइबहिनी, पत्नी, सालासाली र ज्वाइँलाई एनजीओ खोल्न लगाएको पाइएको छ । ‘धेरैजसोमा नातागोता नै छन, जिल्ला प्रशासनको दर्ता फाँटका कर्मचारी लालपुरा आचार्यले वताउनुभयो ।

२३ वटा नयाँ सस्था मध्य एक सस्था मात्र सञ्चार क्षेत्रमा काम गर्ने उद्देश्यका साथ दर्ता भएको छ । पत्रकार भरतराज बिष्ट अध्यक्ष रहनु भएको पलाँता सञ्चार केन्द्रले सञ्चार क्षेत्रमा काम गर्ने उद्देश्य राखेको र त्यही अनुसारका काममा पनि लागेको आफुले सुचना पाएको उहाँको भनाई छ । साउन यता दर्ता भएका अधिकांश संस्था गाउँ तथा नगरपालिकासँग साझेदारी गरी काम गर्ने, शिक्षा, महिला तथा बालबालिका, अपांगता भएका बालबालिका, संस्कृति संरक्षण, खेलकुद तथा महोत्सव सञ्चालन गर्ने उद्देश्य राखिएका छन ।

पलाता गाउँपालिका ठेगाना भएका ३, सान्नीत्रिवेणीका ३, रास्कोट २, पचालझरनाका ३, तिलागुफा नगरपालिकाका ३, खाडाचक्र नगरपालिकाका ३, महाबै गाउँपालिकाका २, शुभकालिकाका २ संस्था दर्ता भएका छन । जिल्ला प्रशासनको रेकर्डअनुसार हालसम्म ५ सय ४९ एनजीओ दर्ता भए पनि नवीकरण गर्नेको संख्या एकदमै कम रहेको छ ।

साउन यता नयाँ दर्ता भएका गैससको संख्या २३ पुगेको छ । नवीकरण गर्ने ३३ मात्र छन । ‘धेरैजसो एनजीओ त कतै कार्यक्रम पाउने भएपछि मात्र नवीकरण गर्न आउँछन । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ‘फिल्डमा काम गर्ने औंलामा गन्न सकिने ८ देखि १० वटा मात्र गैरसरकारी सस्था रहेको वताउनुभयो ।

मान्मका प्राय घरैपिच्छे राखिएका बोर्डअनुसार गैससले काम गरेका छैनन । ‘बोर्ड झुन्ड्याउने मध्ये अधिकांशको त वर्षौंदेखि दर्ता नवीकरण समेत नभएको पाईएको छ ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको