टेकेन्द्र बोहरा/माघ २३, बझाङ ।
पैलो पल्ट भेट भयाको वोल मैना चरी
तिम्रो वोली नसुनेको भैगो वर्ष भरी…
शुदूर तथा मध्यपश्चिममा गाईने डेउडा गितहरुलाई विश्वभर फैलाउने उदेश्यले प्रकाशनमा आएको डेउडा गाँउदै मिठो अङ्ग्रजी सिकौ छिटो भन्ने पुस्तक बिमोचन गरीएको छ ।
मँगलवार जिल्ला प्रशासन कार्याल बझाङको सभाहलमा एक कार्यक्रममा बिच बिमोचन भएको हो । जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा नँ ६ पिठातोलाका पुर्व शिक्षक सत्तरी बर्षिय धनराज जोशीले लेखेको पुस्तकमा डेउडा गितहरुलाई अङ्ग्रजीमा अनुवाद गरीनुका साथै सब्दको अर्थपनी समेटिका छन ।
वाजुरा जिल्ला करीव २५ वर्ष शिक्षण पेशा गरेका जोशीले आफ्नो पेन्सन भत्ता वाफतको खर्च जम्मा गरेर करीव १ लाखको लागतमा डेउडा गाँउदै मिठो अङ्ग्रजी सिकौ छिटो. भन्ने पुस्तक प्रकाशन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस