बझाङमा उच्च रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु


टेकेन्द्र बोहरा/माघ २३, बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको बडाकोट की भएकी ४० वर्षीया उजली देवी थापाको सुत्केरी भैसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको छ ।

आइतबार राति घरमा खाना खाइसकेपछि सुत्केरी व्यथा लागेकी थापालाई पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजाँदै गर्दा बीच बाटोमै सुत्केरी हुनुभएको थियो ।

सुत्केरी भइसकेपछि अब घरमै लगौँ भनेर आफन्तहरुले थापालाई घरमा पु¥याएपछी अत्यधिक रक्तश्राव भएका कारण मध्यरातमा उहाँको मृत्यु भएको मृतकका आफन्तले जनाए ।

वडाकोटबाट पाटादेबल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ तीन घण्टाकोे पैदल बाटो हिँड्नुपर्छ । गाउँमा पनि दक्ष स्वास्थ्यक्रर्मी नहुँदा उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो ।

छोरीको अवस्था भने सकुशल रहेको बताइएको छ । मृतकका श्रीमान रोजगारीका लागि भारत जानुभएको छ भने घरमा उहाँका दुई छोरा र एक छोरी छन् । जेठो छोराबाट नाति समेत पाइसकेकी थापाको उमेर ढल्केसँगै कमजोरी बढेकाले मृत्यु भएको बताइएको छ ।

गाउँमा भएका कारण स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी टाढा भएकाले समान्य स्वास्थ्य समस्या हुँदा समेत यहाँका स्थानीयहरुले निकै समस्या झेल्दै आएका छन् ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको