सल्यानमा विप्लव नेकपाको गर्जन, एकैदिनमा १७ संगठन निर्माण


खकेन्द्र केसी/माघ २३, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकिकृत जनक्रन्तिको लागी जनतालाई लाम्बद्द बनाउदै लिएको छ ।

संगठन विस्तार तथा सुदृढिकरण अभियान अन्तरगत सल्यानमा जनताले राम्रो साथ दिएको नेकपा सल्यानले जनाएको छ । जिल्लाको विभिन्न ठाउँमा संगठन विस्तारको लागी टिम छुट्याएर प्रशिक्षण दिईरहेको नेकपा सल्यानका इन्चार्ज विश्वले जानकारी दिए ।

संगठन विस्तार तथा सुदृढिकरण अभियान र प्रशिक्षणको लागी नेकपाका केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा संघका केन्द्रीय सदस्य पाटन, अनेमा संघ राप्ती व्युरो संयोजक हेमन्ता, नेकपाका सल्यान जिल्ला सदस्य टाईगर, मोहन पुरुष, टोप बहादुर केसी लागएतको टिम गाउँ गाउँमा खटिएका छन् । उनिहरुले जनतालाई आफ्नो पार्टीको एकीकृत जनक्रान्तिलाई साथ दिन आग्रह पनि गरेका छन् ।

एकैदिनमा १७ संगठन निर्माण

अभियान टिमले मंगलबार एकैदिन १७ वटा संगठन निर्माण गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका ६ दुदिलाबोटमा प्रशिक्षणबाट तिलक ओलीको सेक्रेटरीमा ९ सदस्यीय वडा कमिटी र जय प्रकाश ओलीको संयोजकमा ९ सदस्यीय युवा संगठन निर्माण गरिएको छ ।

वडा नम्बर ४ मा सेर बहादुर ओलीको सेक्रेटरीमा १३ सदस्यीय वडा कमिटी र खगेन्द्र ओलीको अध्यक्षतामा ९ सदस्यीय युवा संगठन बनाएको नेकपा सल्यानले जनाएको छ ।

त्यस्तै छत्रेश्वरी ४ मा गिता केसीको अध्यक्षतामा ९ सदस्यीय महिला वडा समिती बनेको छ । वडा नम्बर ३ मा नारायनी ओलीको अध्यक्षतामा ७ सदस्यीय महिला वडा समिती बनाइएको छ ।

वडा नम्बर ३ मै कृष्ना पुनको अध्यक्षतामा ५ सदस्यीय ज्यामीरे टोल इकाइ समिती, रुपा पुनको अध्यक्षतामा ५ सदस्यीय बुलबुले टोल इकाइ समिती र हरिकला कवरको अध्यक्षतामा ५ सदस्यीय सिंगारीकोट इकाइ महिला समिती निर्माण गरिएको नेकपा छत्रेश्वरी गाउँ कमिटीले जनाएको छ ।

उता दार्मा गाउँपालिकाको वडा नम्बर १ मा पुर्ण बहादुर सुनारको सेक्रेटरीमा ९ सदस्यीय वडा कमिटी, झकेन्द्र बहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय युवा संगठन, निशा रोकायको संयोजकत्वमा ७ सदस्यीय महिला वडा समिती बनाइएको छ ।

शान्ता कटुवालको संंयोजकत्वमा ९ सदस्यीय दार्माकोट गाउँ इकाइ समिती र चक्रे कामीको संयोजकत्वमा ७ सदस्यीय किसान संगनठ निर्माण गरिएको नेकपा दार्मा गाउँ कमिटीले जनाएको छ ।

यसैबिच सरस्वती मावि बागचौर पेदिखोलामा चन्द्र प्रकाश केसीको अध्यक्षतामा ४५ जना वद्यिार्थी संगठन विस्तार गरिएको छ । रागेचौर मावि कुमाख गाउँपालिकामा दिपक रावतको अध्यक्षतामा ११ सदस्यीय विद्यायर्थी संगठन बनाइएको छ भने गुँरासे माविमा नविक केसीको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी संगठन विस्तार गरिएको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ ।

२०७५ माघ २३,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको