सल्यान-रुकुम यातायात ब्यवसायी समितिले सम्पूर्ण कर्माचारीलाई अवकास दिँदै


जेठ १८, सल्यान । सल्यान रुकुम यातायात ब्यवसायी समितिले सल्यानका सयौ कर्मचारीहरुको जेठ १९ गतेदेखी अवकाश दिने भएको छ  ।

फाइल तस्बिर 

सरकारको निति अनुसार समितिलाई प्रा.लिमा रुपान्तरण गर्ने प्रावधान अनुसार समितिका सम्पूर्ण कर्मचारीहरुलाई सेवा सुबिधाबाट अबकाश दिने तयारीमा रहेको सल्यान, रुकुम यातायात ब्यवसायी समितिले जनाएको छ ।

शनिबार बसेको समितिको बैठकको निर्णय अनुसार सल्यान रुकुम यातायात ब्यवसायी समिती जेठ १९ गतेबाट प्रा.लिमा जाने र प्रा.लिमा गैसकेपछि आर्थिक भार थपीने भएकाले समितिको नियुक्ति पाई हालसम्म, तलब खाएर काम गर्दै आएका कर्मचारीहरुलाई सेवा सुबिधाबाट अवकास दिईने सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष अरबिन्द कुमार राईले जानकारी दिए ।

उनले समितिलाई प्रा.लिमा रुपान्तरण गरेर आफ्न काम कार्यहरू सुरुबाट गर्नुपर्ने हुँदा आर्थिक श्रोत नहुने भएकाले तत्काललाई कर्मचारीको अवकाश गर्नु पर्ने बाध्यता रहेको बताए । हाल सम्म संस्थाको निति नियम अनुसार मर्यादित ढंगले काम गर्दै आएका दर्जनौं, कर्मचारीहरुलाई जेठ मशान्त सम्मको सेवा सुबिधा समितिले प्रदान गर्ने र जेठ १९ गतेदेखी लागु हुने गरि सबैलाई अवकास गरिने समितिका बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर कंवरले जानकारी दिए ।

उनले आइतबारदेखी नै समितिको प्रधान कार्यालय, बुकिङ्ग काउन्टर र गाडीहरुमा नाम परिवर्तन गर्ने समेत जानकारी दिए । सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई जेठ १९ गतेदेखी सल्यान रुकुम यातायात प्रा.लिमा रुपान्तरण गरिने र उक्त संस्थाबाट गाडी संचालन गरिने भएकाले कर्मचारी नियुक्ति प्रक्रिया अन्य कामकार्यबारे सरकारको नितिअनुसार आफुहरु अगाडि बढ्ने समितिका महासचिव लालबहादुर बुढाथोकीले जानकारी दिए ।

अब सल्यान रुकुम यातायात प्रा.लिको कर्मचारी नियुक्त गर्ने विषयमा अर्को निर्णय नहुन्जेलसम्म गाडीको टिकट काटेबापत पाँच प्रतिशत अ.ख राख्ने ब्यवस्थामा इच्छुक हुने समितिका पुराना कर्मचारीहरुलाई काम गर्ने ब्यवस्था समेत आफुहरुले गरेको महासचिव बुढाथोकीले बताए ।

२०६६ साल जेठ ६ गतेदेखी लोकमान बुढाथोकीको अध्यक्षतामा सल्यान र रुकुम जिल्लाबाट एकैसाथ सेवा सुचारु गरेको सल्यान रुकुम यातायात ब्यवसायी समितिले जनताको माग र चाहाना अनुसार बिभिन्न जिल्लाहरुमा जिप, मिनिबस, सुपर डिलक्स हुँदै स्तरीय डिलक्स बस सेवा दिदै आइरहेको सल्यान रुकुम यातयात समितिले जनाएको छ ।

यस्तै समितिका संस्थापक पुर्वअध्यक्ष लोकमान बुढाथोकीले समितिलाई एक दशकसम्म साथ सहयोग गरेर यहाँसम्म ल्याउन मद्दत गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

केहि समय अगाडी मात्र समितिको अध्यक्ष पदबाट राजिनामा दिएका बुढाथोकीले यातायात व्यवसाय क्षेत्रलाई हिजोदेखी अहिलेसम्म पनि हेर्ने दृष्टिकोण फरक रहेकाले आफुलाई बेलाबेलामा दुख लाग्ने गरेको बताए । घर बारी, धितोमा राखेर लाखौको लगानीमा ब्यवसायी गर्ने एक ब्यवसायीलाई कमजोर दृस्ठिले गाडिवालाको पहिचान दिन खोज्ने मान्छेको जमात तिब्र रहेको भन्दै यसलाई सुधार्न सबैमा अनुरोध समेत गरे ।

१८ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको