सामाजिक अभियान्ता ओम उप्रेती, निशुल्क प्राथमिक उपचार तालिम लिई नेपालको थप १० जिल्ला पुग्दै


श्याम कृष्ण, युएई

चितवन खैरेनीका युवा व्यवसायी तथा सामाजिक अभियन्ता ओम उप्रेतीले गत शुक्रबार दुबईको एक होटेलमा कार्यक्रमको आयोजना गरि नेपालका १० ओटा जिल्लाहरुमा तेश्रो चरणको नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको घोषणा गरेका छन् ।

गत वर्ष चैतबाट शुरु भएको अभियानमा हाल्सम्म १७ जिल्लाका करिब ३ हजार नेपालीले भाग लिएको अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एल एल सी युएईका संचालक समेत रहेका ओम उप्रेतीले जानकारी दिएका छन्।  कार्यक्रममा  प्रमुख अतिथिका रूपमा नेपाली दूतावास अबुधावीका कार्यवाहक राजदुत सागरप्रसाद फुँयाल तथा विशेष अतिथि एक्सन किङ नायक निखिल उप्रेती द्वारा उक्त अभियानलाई साथ् दिने विभिन्न ब्याक्तित्व, सामाजिक सस्था र संचारमाध्यममा आबद्ध पत्रकारहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रका विशेष अतिथि नायक निखिल उप्रेतीले निशुल्क प्राथमिक उपचार तालिमको महत्त्वबारे बोल्दै , अशान्त र असुरक्षित रास्ट्रिय अवस्थाको बारेमा चर्चा गर्दै देशको माया गर्न र मनमा नेपाल बोकेर हिँड्न सबैलाई सुझाब दिएका थिए। अहिले गलत नेतृत्वले देश भन्दा पार्टी ठुलो भन्ने गरेका कारण देश संकटमा पर्दै गएको समेत नायक उप्रेतीको चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रमका सभापति ओम उप्रेतीले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालको पुर्वी पहाडी जिल्लामा आगामी फागुन ८ गते बुधबार ओखलढुंगामा, फागुन ९ गते बिहिबार खोटाङमा, फागुन १० गते शुक्रबार , फागुन ११ गते शनिबार धनकुटामा, फागुन १२ गते आइतबार भोजपुरमा फागुन १३ गते सोमबार संखुवासभामा, फागुन १४ गते बुधबार तेह्रथुमको आठराईमा फागुन १६ गते बिहीवार ईलाममा, फागुन १७ गते शुक्रबारमा पाँचथरको फिदिम बजारमा, फागुन १८ गते शनिबार  ताप्लेजुङको फुङ्लिङ बजारमा  निशुल्क प्राथमिक उपचार तालिम गरिने तालिका सार्वजनिक गरेका छन् ।


सोहि कार्यक्रमको दोस्रो भागमा युएईका सक्रिय नेपाली कलाकारहरुले आफ्नो मौलिक नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुति पनि दिएका थिए |

२०७५ पुष २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको