रबिको बिरोध गर्दै आएका एक युवकको मार्मिक पत्र: दुखमा रबिलाई साथ दिऔं


रबि लामिछाने ज्यु नमस्कार !

बिरोध र सपोर्ट बिच कुनै सिमा रेखा छैन रबि ज्यु । यो त परिस्थितिको उपज हो । कुनै बेला तपाईको बिरोध गरेको थिए, तर आपतको बेला आज सहानुभूति दिएर सयोग गर्न चाहान्छु ।

असफल पारिवारिक पिडाले कत्तिको पिडा दिएको छ भन्ने कुरा तपाईलाई मात्र थाहा होला । अरुलाई थाहा हुन सक्दैन । तपाईका केहि विरोधीहरु व्यक्तिगत जीवनका अप्रिय घटनाहरुलाई हतियार बनाएर तपाई माथि प्रहार गरिरहेका छन् ।

तर म यसपाली भने त्यो बिरासतबाट टाढा छु ।

लाखौं मान्छेलाई परेको पिडामा मलम लगाउने विरुद्ध चर्चा र परिचर्चा हुन स्वभाविक नै हुन्छ । धर्म गर्नेहरुलाई नर्क पुराउने समाजको उल्टो हर्कतमा कैयौं मानिसहरु लागि परेका छन् ।

त्यसैले आज हाम्रो देशबाट इमानदार र असल मान्छेहरु पलायन हुन बाध्य पारिएको छ । नेपाललाई माया गरेर समाजमा केहि सकारात्मक काम गर्नेहरु विरुद्ध अनेकौं प्रस्न उठाइएको छ ।

तर निस्वार्थ भावका साथ समाजको अनेकौं दुखमा मलम लगाउने तपाईंको साहसिक कदम प्रति भने म सधैं सम्मान व्यक्त गरिरहने छु ।

मलाई थाहा छ, विदेशको गल्लीमा सपना खोज्न हिडेका महिलाहरुलाई यो देशका मानव व्यापारीहरुले बिचल्ली पार्दा उद्दार गर्ने र मानव ब्यापारीहरुको मुकुण्डो उतारी दिने तपाईको साहासिक कदमलाई धेरैले सम्मान गर्दै साथ् दिएका छन् ।

रबिलाई आम नागरिकले दिने साथ् र समर्थनबाट जल्नेहरुले तपाईंको बिल्कुलै निजि र पारिवारिक कुरालाई उचालेर उदाङ्गो पार्न तम्सिएका छन् । यो बिल्कुलै गलत छ । पारिवारिक विषयहरु जिन्दगीका निजि बिषयहरु हुन् । यसको समाधान पनि निजि नै हो ।

तपाईले मानव ब्यापारी देखि राज्यको तस्कर गर्नेहरुलाई समेत खबरदारी गर्दा मै हुँ देश बनाउने भन्दै राज्यको नुन सोझो गर्नेहरु नै तपाइको बिरुद्दमा षडयन्त्र फिजाएका हुन । यो कुरा तपाईलाई राम्रै संग थाहा छ ।

गरिब दुखीहरुको आवाज बोल्ने भ्रष्ट र तस्करहरुको पर्दाफास गर्ने त्यो साहसिक कदममा कहिले कमि नहोस् । बरु झन खरो झन् बलियो र आँटिलो भएर आउनु । तपाईं संग अझै ठुला आसा, भरोसा र अपेक्षाहरु छन् । जिवनमा अनेक दुख र संघर्ष बाँकी नै छ । यस्ता संघर्ष सँग पौठेजोडी खेल्न ठुलो साहास र आँट हुनुपर्छ, जुन कुरा तपाई संग छ ।

सम्झनुस, आत्मबल हराए बल बढाउन मन्दिरमा राखेको ढुंगालाई पुजिन्छ भने दुखि गरिवहरु अन्यायमा परेको बेला उद्दार गर्ने मानव रबिलाई पुज्न लाखौं युवाहरुको ताँती लाग्ने छ । बस तपाइँको इमान र निष्ठावान सदा रहिरहोस ।

धन्यवाद

उही बिगतको बिरोधि टिकाराम वली

२०७५ पुष २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको