मङ्सिर १९, काठमान्डौ । सिद्दार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेब-३ रोल्पामा अध्यनरत द्वन्दपिडित, असाहय, जेहेन्दार बालबालिकाहरुको शैक्षिक ब्यबस्थापनका लागि निर्मत अक्षयकोषमा सहयोग रकम नेपाली प्रगतिशील महिला मञ्च बेल्जियमद्वारा हस्तान्तरण गरेको छ । बिहिबार पत्रकार सम्मेलनगरि सयुक्त नेपाली मोर्चा युरोपका पुर्व अध्यक्ष तथा समाजसेवी सुरेन्द्र भुसालको उपस्थितिमा रकम हस्तान्तरण भएको थियो ।
नेपाली प्रगतिशील महिला मंच बेल्जियमको पहलमा १ लाख ९ हजार ३४ रकम हस्तान्तरण भएको हो । बिद्यालयको तर्फबाट सुचना बिभाग प्रमुख केबी गुरुङ, नमुना अभियान सल्लाहकार नबिन खड्काले सहयोग बुझेका थिए ।
सुचना प्रमुख केवी गुरुङले नमुना बिद्यालय अभियान बारे प्रस्ट्याएका थिए भने अभियन्ता तथा सल्लाहकार नबिन खड्काले बेल्जियममा बस्ने महिलाहरुको सहयोग बारे बिस्तृत बताएका थिए, साथै उनले सहयोगी दाताहरूलाई बिद्यालय अबलोकन तथा भ्रमणगर्न आग्रह गरेका थिए ।
त्यसैगरी दाताहरुको तर्फबाट समाजसेवी सुरेन्द्र भुसालले दाताहरुको सहयोगले बिकटको बिद्यालयका बालबालिकाहरुलाई शैक्षिक टेवा पुग्ने बिश्वास व्यक्त गरे । उक्त बिद्यालयलाई आगामी दिनमा सहयोग गर्दै जाने समेत भुसालले बताए ।
बिगत केही समय पहिले नेपाली प्रगतिशील महिलाहरुको पहलमा संकलित रकम यसअघि बेल्जियमबाटै बैंकद्वारा पठाउदा प्राबिधिक समस्याका कारण सफल हुन नसकेकाले सुरेन्द्र भुसालको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रम पोष्टपाटीको कार्यलय अनामनगरमा सम्पन भएको थियो । कार्यक्रममा जलजला मिडिया, साईकुमारी मिडिया, दर्पण खबर, फेवाटाइम्स, लोकप्रिय खबर, थाहाअनलाइन मिडियाहरु उपस्थित थिए ।
कार्यक्रमको संचालन पत्रकार असोक ओलीले गरेका थिए ।
सिद्दार्थ नमुना माध्यमिक विद्यालय रोल्पामा “नमुना विद्यालय निर्माण अभियान” तयगरि २०७३ जेठ २८ गते देखि अभियान सुरु भएको थियो । अभियानले आर्थिक ब्यबस्थापनलाई मध्यनजरगरि एक करोड अक्षयकोष निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म करिब ३० लाख रकम उठेको नमुना बिद्यालय अभियान संयोजक प्रेम बहादुर वलीले बताए । उनले अझै पनि दाताहरुको सहयोग आबस्यक परेको बताउदै सहयोगका लागि अपिल समेत गरेका छन् ।
भिडियो हेर्नुस
प्रतिक्रिया दिनुहोस