कात्तिक १९, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ ।
मंगलबार बिहान ११: ४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो ।
मंगलबारको अदालती समय सकिएका कारण बुधबार बिहान १० बजे उपस्थित गराउने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
आलम पक्षका कानून व्यवसायीहरुले आफूहरुले अभियोग पत्र र मु’द्दासँग सम्बन्धित मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै बयान स्थगित गर्न माग गरेका थिए ।
पछि, ८३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर आलमका कानून व्यवसायीलाई उपलब्ध गराइएको थियो ।
आलमका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल पाएपछि दिउँसो ३ बजेर २० मिनेटबाट पुनः बयान लिन थालिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध क’र्तव्य ज्या’न, ज्या’न मा’र्ने उद्यो’ग र गै’रका’नूनी रुपमा वि’स्फोटक प’दार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।
सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस