पूर्वराजा ज्ञानेन्द्रले दिए यस्तो कडा प्रतिक्रिया, अब के होला ?


असोज १८, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

पूर्वराजा शाहले शुभकामना सन्देश जारी गर्दै ‘इतिहास, गाथा र सभ्यता भुलेर नेपालको भलो नहुने’ भनेर उल्लेख गरेका छन्।

‘राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्वहितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नू पर्दछ। पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी हाम्रो भलो हुँदैन। एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ-आफ्नो कमीकमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन,’ सन्देशमा उल्लेख छ।

राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित नहुने उनले सन्देशमार्फत् बताएका छन्।

‘भगवानको आशिर्वादले यो देश उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ। तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन’, सन्देशमा भनिएको छ, ‘त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ।’

१८ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको