कम्युनिस्ट सरकारले मुलुकका लागि राम्रो काम गरेन्: देउवा


असोज १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले मुलुकको लागि कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप समेत लगाए ।

महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै उनले दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।

त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।

उनले महँगी बढ्दा समेत सरकारले कुनै तदारुकता देखाउन नसकेको आरोप लगाए ।

नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए।

चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो।

१८ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको