भदौ १९, सल्यान । जनयुद्दमा कैयौ पटक गोलि लागेर मृत्युलाई जितेका सल्यानका बिरबल बिक ‘कामरेड मिलन’ अन्तत आफ्नै मिर्गौला देखि हार्दै, अस्ताएर गए । देश र जनताको निम्ति एकमुठी प्राण हत्केलामा राखेर उहिलै मुक्तिको बलिभेदिमा होमिएका बिरबल बाँचेर नाफाको घाइते जिन्दगीलाई गणत्रन्त्र नेपालसम्म ल्याए ।
कोहि रोग भोकले मर्नु नपर्ने गणत्रन्त्र ब्यबस्था ल्याएर पनि त्यहि ब्यबस्थामा उपचार नपाएर आफै मर्नु पर्यो । उनले चालेको युद्दको कदम दुखि गरिबहरु प्राणघातक रोगबाट मर्नु नपरोस भनेरै मृत्यु वा मुक्तिको बाटो रोजेका थिए बिरबल बिक ‘कामरेड मिलन’ले।
बिरबलहरुले लडेर ल्याएको गणतन्त्र नेपालका कार्यकारी प्रधानमन्त्री हाल मृगौलाकै उपचारमा सिंगापुर छन् । यता बिरबलहरु गतिलो उपचार नपाएर मर्दै छन् । यहि हो आजको ताजा नेपाल ।
समृदीको देश बनाउन सुशासनको परिकल्पना गर्दै आदिमरेको जिबन बोकेर बचाउ भन्दै हारगुहार गरिरहेका बिरबलले अन्तत: आफ्नै मिर्गौलाबाट हार खाए । कारण आर्थिक अभाबमा समयमै उपचार नपाएरै मरणको जिबन अङ्गीकार गरे ।
उनको कल्पनामा शुशासन सहितको समृद्दिको देश आफ्नै जिबनकालमा नदेखेरै अवसान भए । उनका समृद्दिका सपनाहरु अधुरै रहे । बिरबलले बुधबार राति ११ बजे प्राण त्यागे ।
सल्यान बनगाड कुपिण्डे-३ बामे पोखराका ४० बर्षिय बिरबल ५ भाई मध्येका साईला हुन् । आर्थिक अबस्था कम्जोर भएको उनको परिवारमा श्रीमतीसंग दुई छोरा र दुई छोरी छन् । उनीहरु सल्यान वनगाड कुपिण्डे नगर पालिका ३ मा बस्दै आइरहेका छन् ।
जनयुद्धमा दर्जन भन्दा धेरै लडाई लडे । लडाईंका ठूला मोर्चाहरुमा बीरतापूर्वक लडेका बिरबल २०५९ भाद्रमा भएको अर्घाखाँची सदरमुकाम सन्धीखर्कको भिषण हमलामा घाइते भएका थिए । मुखको छेउबाट लागेको गोली उनको पछाडी ढाडतिरबाट निक्केको थियो । आर्को गोलि कुममा लागेको थियो । तिनै बल्झिएका घाउहरु युद्द्का निसानी थिए, जसले क्षण क्षणमा दुखाई दिन्थे, असहिय पिडा दिन्थे।
यसरि उनले लडेका मोर्चाहरुले बिजयी प्राप्त गर्दा आज आफ्नै पार्टी सत्तामा छ । नेता तथा कमान्डरहरु सत्ताको बागडोर समातेर राज गरिरहेका छन् । तर युद्द लड्दा रोगि भएका बिरबलहरु आज उपचार नपाएर मर्दै छन् ।
झण्डै एकवर्ष अघिदेखि बिरबलका दुवै मृगौला काम नलाग्ने भएका थिए । मिर्गौला पिडित बिरबलले आफ्नो उपचारको लागि हारगुहार गरेका थिए । आफैले युद्द लडेर होस् वा चुनाब लडेर होस्, जिताएका सल्यानी नेताहरुलाई सहयोगको याचना गर्दा समेत वास्ता गरेनन ।
आफ्नै बलबुतामा काठमाडौंको शिक्षण अस्पतालमा अपरेसनपछि अस्पतालले घर फर्काएको र सल्यान लैजानेक्रममा बाटोमै उनको निधन भयो । आर्थिक अबस्था निकै कम्जोर भएकै कारण समयमै उपचार नपाउदा उनको मृत्यु भएको आफन्त तथा शुभ चिन्तकले बताएका छन् ।
गाउँमा नेताहरुको लावालस्कर तर सहयोग शुन्य
सल्यान जिल्लाबाट यसअघि सामान्य प्रशाशन मन्त्री भैसकेका सांसद टेक वहादुर वस्नेतले पिडित बिरबललाई सहयोगको आश्वासन दिएपनि सहयोग पाएनन । बिरबलकै निर्बाचन क्षेत्रबाट सांसद वस्नेतले चुनाब जितेका थिए ।
सल्यानका अर्का प्रभाशाली नेता हुन् सांसद प्रकाश ज्वाला । उनि हाल कर्णाली प्रदेशको अर्थ मन्त्रि समेत रहेका छन् । त्यसैगरी सांसद गुलाव जंग शाहा जस्ता राजनीतिक हस्तिहरु रहेका छन् । नेता द्वय ज्वाला र शाहाका नगरपालिकाका स्थानीय बासिन्दा तथा कार्यकर्ता हुन् बिरबल बिक ।
मृतक बिरबलकै वडाबासि गोबिन्द पुन हाल सत्तारुढदल नेकपाका जिल्ला अध्यक्ष छन् भने अर्का कर्ण बहादुर बुढाथोकी नेकपा जिल्ला सविव छन् । यी दुवै जना वडाबासी हुन् तर बिरबलको जिबन रक्षाका लागि स्थानीय यी नेताहरुबाट आर्थिक सहयोगको कुनै पहल हुन सकेन ।
उनका लागि देश विदेशबाट सामान्य सहयोग रकम उठेको थियो । आफ्नै नगरपालिकाले ३० हजार सहयोग पनि गरेको थियो । तर उनको उपचारका लागि यत्तिमात्रै प्रयाप्त थिएन ।
यसरि बिरबलको गाउँमै वर्तमान सत्तामा नेताहरुको लावालस्कर हुँदा समेत उनको उपचारको लागि कसैबाट पहल हुन नसकेकोमा मृतकका शुभ चिन्तकहरुले गुनासो समेत पोखेका छन् ।
सल्यानकै युवा राजकुमार क्षेत्रीले मृतकलाई श्रदान्जली दिंदै सल्यानी नेताहरुलाई यसरि प्रश्न गरेका छन;
‘सायद तपाईंहरुले मिलन वचाउ अभियानको एउटा मुल आयोजक समिति वनाएर आर्थिक सहयोगको लागि पहल गरिदिएको भए, आज उहाँ वाच्न सक्नु हुन्थ्यो । तपाईंहरु मन्त्री, संसाद, नेता बनेको पनि उहाँहरु जस्ता योद्धाहरु लडेर, घाईते-अपाङ्ग भएर, मरेर नै हो । तपाईंहरु आज उहाँहरुको योगदान र रगत पसिनाको सिढी चढेर नै त्यो अबस्थामा पुग्नु भयो । गणतन्त्रको लागि लडेको यउटा योद्धा आर्थिक अभाव कै कारण मर्नु पर्ने हो भने सामान्य आम जनताको अबस्था झन के होला ?’
‘पहल गरेको भए नहुने के छ र तपाईंहरु जस्तै नेता हुन जनार्दन शर्मा ! उनको पहलमा रुकुमका कृष्ण वलिले पुनर्जिबन पाए, यस्तै पहल तपाईं नेताहरुवाट नहुदा सल्यानी नेता हुन भन्न पनि लज्जावोध भएको छ । हामी भुईफुट्टाहरुले पहल नगरेको पनि हैन, पहल गरियो । सहयोग संकलन गरियो तर पनि हाम्रो पहलले मात्र वचाउन सकिएन, कामरेड मिलन तपाईं प्रति भावपुर्ण श्रद्धाञ्जली परिवारजनमा गहिरो संवेदना प्रकट गर्नु बाहेक अरु बिकल्प रहेन अत्यन्तै दुखी छु ।’
प्रतिक्रिया दिनुहोस