तत्कालीन एमालेका सभासद् डिबी कार्की पक्राउ


भदौ १९, काठमाडौं । तत्कालीन नेकपा एमालेबाट सभासद् रहेका डिबी भनिने डोलबहादुर कार्की पक्राउ परेका छन् ।

आज बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

लमजुङबाट एमालेको समानुपातिक सभासद् भएको बेला प्रहरी निरिक्षक बनाइदिने भन्दै घुस लिएको अभियोगमा कार्कीलाई पक्राउ गरेको थियो ।

गत असारमा सर्वोच्चका न्यायधिक दीपकुमार कार्की र कुमार रेग्मीको इजालले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो । कार्कीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवान सुनाएको थियो ।

२०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै चार लाख पाँच हजार रुपैयाँ घुस लिएको देखिएको थियो। त्यस मध्येको दुई लाख पाँच हजार स्वामी ब्रम्हानन्द उदासीनले र एक लाख कार्कीले लिएको देखिएको थियो।

बिशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिम जनही ४/४ महिना कैद र विगो बमोजिम एक/एक लाख रुपैया जरिवाना र प्रतिवादीमध्येका डोल बहादुर कार्कीलाई निज संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद भएकोले थप दुई महिना कैद सजाय समेत गरी जम्मा ६ महिना कैद र रएक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका थिए । पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए। कार्की नेकपा नेता बामदेव गौतम निकट मानिन्थे।

कार्की नेकपाको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिव हुन् । गौतमले दुई साताअघि मात्रै महासंघको अध्यक्ष छाडेका हुन् । नेकपा सचिवालयले गौतमलाई पार्टीका उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत परित गरेपछि उनले महासंघकाे अध्यक्षकाे जिम्मेवारी छाडेका थिए ।

१९ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको