साउन २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।
राष्ट्र बैंकको गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् ।
यसैगरी राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।
७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस