जेठ २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले भ्रमपूर्ण समाचार प्रति आपत्ति जनाएको छ ।
कार्यालय सचिव ध्रुवले बुधबार एक विज्ञप्तिमार्फत कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति कडारुपमा खण्डन गरेका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल तथा जनविरोधी तत्वहरुले क्रान्तिकारी पार्टीका प्रवक्ता प्रकाण्डका विरुद्ध निरन्तर भ्रमको खेती गरिराखेका छन् । यस क्रममा बुधबार कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा वदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘हाम्रो पार्टी विचार भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको छ । पार्टीको जिम्मेवार तहमा सम्पर्क नै नगरी कपोकल्पित ढंगले दुरासयपूर्ण समाचार प्रसारण गर्नुको पछाडि कसको सेवा गर्ने उद्देश्य छ ? त्यसबाट प्राप्त लाभ के हो ? समाचारको न्युनतम् विश्वासनियता चाहिन्छ कि चाहिदैन ? प्रश्न उठ्न स्वभाविक छ ।
तसर्थ फेक न्युजको खेती नगर्न, सनसनीपूर्ण र उत्तेजित समाचार पेस्किएर व्यावसाय धान्ने होइन कि तथ्यगत समाचार बनाउन हामी सबै सञ्चारकर्मीसँग अनुरोध गर्दछौं ।’
अन्त्यमा नक्कली र बदनियतपूर्ण प्रचारयुद्धको डटेर सामना गर्नसमेत सबै पार्टी पंक्ति र न्यायपूर्ण समुदायमा विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठ…
प्रतिक्रिया दिनुहोस