प्रतिबन्धित नेकपाले भन्यो- ‘हामीले २३ गते नेपाल बन्द गरेका छैनौ’


बैशाख २२, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीले बन्दका कुनैपनि कार्यक्रम
तय नगरेको बताएको छ ।

विप्लव नेकपाको आधिकारिक मुख पत्र ईरातोखबरका अनुसार नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको जनाएको छ ।

बैशाख २३ गते नेपाल बन्दको समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेकपाले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

केहि दिन अघिदेखि प्रतिबन्ध र धरपकडको बिरोधमा नेकपाले बैशाख २३ गते (सोमबार) बन्दको आह्वान गरेको हल्ला सामाजिक संजालमा भाइरल भैरहेको छ ।

२२ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको