झक्कु सुबेदीका छोरा भन्छन ‘दलालको मतियार बनेर बुबाले मलाई प्रतिबन्ध गर्नुभो’ (भिडियो)


बैशाख २२, काठमान्डौ । संविधानसभा सदस्य तथा सत्तारुढ दल नेकपाका चर्चित नेता झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष सुवेदीको सनसनीपूर्ण अन्तरवार्ता सार्वजनिक भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरीसमेत रहेका सन्तोष सुवेदीले बुबाहरु दलालको कोठरीमा सिध्नीन गएपछि आन्दोलनमा लाग्नुपरेका बताएका छन् ।

डिसि नेपालसँग अन्तरवार्ता दिंदै उनले आफैंले नेतृत्व गरेको आन्दोलनलाई धोका दिंदै अगाडि बढेपछि आफुँहरु जनताको हितमा आन्दोलनमा जुट्न परेको बताएका हुन् । उनले भने, ‘हाम्रो बुबाहरु प्रचण्डको नेतृत्वमा हिजोका दलाल, फटाहा, भ्रष्ट, सबैभन्दा बदमास मान्छेहरु जसलाई सिध्याउनु पर्छ भनेर लाग्नुभयो । आज तिनै मान्छेलाई नेता मान्ने ठाउँमा पुग्नुभयो । यो बिडम्बना हो, उहाँहरु दलाल संसदीय व्यवस्थाको नाइके बन्न जानु भयो ।’

हिजोका संसदबादी दलालहरुलाई सिध्याउनु पर्छ भनेर हिड्नु भएका प्रचण्ड लगाएतका नेताहरु १७ हजार शहिदको बलिदानी भुलेर उनै दलालहरु संग प्रचण्ड लगायतका नेताहरु पुगेको सुबेदीको आरोप छ । उनले भने, ‘रातो कफन टाउकोमा बाँधेर लडेकाहरुको नेतृत्व गरेको आन्दोलनलाइ बिचैमा तुवाएर आत्मसमर्पण गर्दा हिजोका दलालहरु आज नेता बन्ने स्थितिमा कसरि पुगे ?’

आफ्नो बुबासंग सम्पर्क तथा सम्बाद नभएको प्रतिक्रिया दिंदै सेक्रेटरी प्रयासले प्रचण्डहरु लाशको चाङ्गमा टेकेर सिंहदरबार छिरेका गद्दारको पछि लागेर आफ्नो बुबा झक्कु सुबेदी प्रचण्डको मतियार बनेको गम्भीर आरोप लगाएका छन् ।

तपाईहरुको मुख्य दुश्मन को हो ? भनि सोधिएको डिसी नेपालको प्रश्नको उत्तर दिंदै सुबेदीले हिजो १० बर्षे जनयुद्दमा कांग्रेस प्रदान दुश्मन भएपनि अहिलेको प्रदान दुश्मन दलाल भ्रष्टचारीहरु भएको बताएका छन् । उनले थपे, हिजोको जस्तो कुनै दल, पार्टी वा शक्ति प्रमुख दुश्मन नभएर जुनसुकै पार्टी भित्र रहेका भ्रष्टदलालहरु नै मुख्य दुश्मन भएको किटान गरेका छन् ।

सत्तामा पुगेका नेताहरुको व्यक्तिगत जिबन बन्यो तर जनताको जिबन स्तर उस्तै रह्यो, भोलि विप्लब सत्तामा पुगेपछि यस्तै नहुने के आधार छ भन्ने डिसी नेपालको अर्को एक प्रश्नमा सुबेदीले भने, ‘यो संसदीय व्यवस्थाले नेताका सुन्दर अनुहारहरुलाई पनि कुरुप बनाइ दिन्छ, जनतालाई नाङ्गो बनाएर नेता धनि बनाइ दिन्छ, जुन व्यवस्थाबाट महासचिब विप्लब छल्लेर एकीकृत क्रान्तिको बाटो लाग्नु भयो । नत्र विप्लबले चाहेको भए कुन मत्रयालय पाउदैनथे ? बैज्ञानिक समाजबादी व्यवस्था भित्र जनता महलमा नेता झुप्रामा हुनेछन्, त्यसमा पार्टी सचेत छ । ‘

अन्तरवार्ताको क्रममा सन्तोष सुवेदीले आफुँहरु शैन्य गतिविधिसहित अगाडि बढ्दै गरेकोसमेत खुलाएका छन् । सरकारले प्रतिबन्ध लगाएसँगै आफुँहरु जनमुक्ति सेनाको गठन र तालिममा जुटेको समेत सार्वजनिक गरेका छन् ।

सेक्रेटरी सन्तोष सुवेदीले दिएको डिसी नेपालको सनसनीपूर्ण अन्तरवार्ता

२२ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको