चैत २२, दाङ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ स्थित तुलसीपुर उप महानगरपालिका ६ घोराही रोडमा शाखा स्थापना गरेको छ ।
राप्ती अञ्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा र सुविधाहरु उपलव्ध हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस