घोराहीमा विकल्प आयुर्वेद हेल्थ सेन्टरको शाखा विस्तार


चैत २२, दाङ । विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिले आफ्नो शाखा घोराहीमा समेत विस्तार गरेको छ ।

घोराही बजार 

सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सो शाखाको उद्घाटन गरेका हुन् । सो प्रालिको घोराहीमा विस्तार गरिएको यो चौथो शाखा हो । यसअघि सो प्रालिका काठमाडौं, पोखरा र धनगढीमा शाखा विस्तार भैसकेका छन् ।

घोराहीमा विस्तार गरिएको शाखामार्फत काठमाडौं र नारायणघाटमा पाइने सेवा लिन सकिने सो संस्थाले जनाएको छ । उक्त हेल्थ सेन्टरमार्फत आयुर्वेदिक पद्धतिबाट गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ । हेल्थ सेन्टरमा पाइल्स, फिस्टुला, क्षारसुत्र विधिबाट अप्रेशनको सेवा दिइने गरिएको संस्थाले जनाएको छ ।

घोराही शाखाको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समयमा नागरिकहरुमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको बताए । उनले भने, ‘आयुर्वेद सेवालाई गुणस्तरीय बनाएर अगाडि बढाउनुहोस् ।’

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यलाई कर तिर्ने व्यवसायीहरुलाई राज्यले सम्बन्धित व्यवसायमै वातावरण बनाउन नसकेको गुनासो पोखे । उनले राज्यले व्यावसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको बताए ।

कार्यक्रममा घोराही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका उपाध्यक्ष भरतमणि पाण्डेले शाखा विस्तारपछि दाङवासीलाई आयुर्वेदिक सेवा लिन सहज हुने बताए । सो हेल्थ सेन्टरको मुख्य कार्यालय भने चितवनको नारायणगढमा रहेको छ ।

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको