हावाहुरी पीडितलाई प्रदेश ५ सरकारले १ करोड सहयोग गर्ने


चैत २२, बुटवल । प्रदेश ५ सरकारले प्रदेश २ मा आएको हावाहुरी पीडितलाई राहत तथा सहयोगका लागि १ करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारको खाता जाने गरि १ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

यस्तै सरकारले क्यान्सरको उपचार गरिरहेका प्रदेश ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई उपचारका लागि ५ लाख रूपैयाँ दिने निर्णय गरेको छ । सरकारले विद्युत नपुगेका गाउँमा सौर्य उर्जाका लागि स्थानीयलाई ९० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

सरकारले प्रदेश सभामा दर्ता गरेको लोकसेवा आयोगसम्बन्धी विधेयक फिर्ता लिएर संघीय सरकारको लोकसेवासम्बन्धी कानुनअनुसारकै विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ ।

बैठकले प्रदेशको आवधिक योजनाको आधारपत्र पारित गरेको छ । यस्तै सरकारले गाउँ सभा, नगरसभा कार्यसञ्चालन व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ।

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको