चैत २२, काठमाडौं । सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने घोषणा गरेको छ ।
शनिबारदेखि बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ ।
बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
सिंगापुरबाट विहान ९ बजे जहाज काठमाडौंका लागि उड्ने छ भने काठमाडौंमा सो विमान १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ। त्यस्तै काठमाडौंबाट १ बजेर ५ मिनेटमा सिंगापुरका लागि उडान भर्ने समय तय गरिएको छ ।
‘हामी काठमाडौंमा दैनिक उडान भर्ने घोषणा गर्न पाउँदा निकै गौरवान्वित भएका छौं’, सिल्क एयरको नेपाल म्यानेजर क्युइनगेइले भने ।
सिल्क एयरले सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस