हावाहुरी प्रभावितलाई काठमाडौँ महानगरको २५ लाख सहयोग


चैत २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तराईका बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट संकलन हुने रकम हो ।

बैठकले नगरसभामा चारवटा विधेयक प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। प्रस्तुत हुने विधेयकमा सार्वजनिक निजी साझेदारी, सवारी तथा यातायात व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र शहरी योजना आयोग सम्बन्धी रहेका छन्।

बैठकमा विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले विधेयकका दफावार व्यवस्था पेश गरेका थिए । प्रस्तुत विधेयकमा कार्यपालिका सदस्यले सुझाव दिएका थिए। यही चैत २४ गते महानगरको नगरसभा हुनेछ ।

शहरी व्यवस्थापनलाई जन अपेक्षा बमोजिम बनाउन आवश्यकपर्ने कानून तर्जुमा गर्ने क्रममा उल्लेखित विधेयकलाई कार्यपालिकाको गत फागुन १७ गते बसेको ३०औँ बैठकले अवधारणागत सहमति दिएको थियो । त्यही बैठकले नगरसभाको मिति समेत तय गरेको थियो ।

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको