नवलपरासीमा पर्खालले थिचेर दुई बालिकाको मृत्यु, दुई घाइते, एकको अवस्था गम्भीर


चैत २२, नवलपरासी । घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ । दुईजना घाइते छन् भने एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुनवल नगरपालिका-१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा अकस्मात भत्किएको पर्खालले थिचेर गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।

घरको पर्खाल भत्काइरहेको नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए । इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो । सोही क्रममा अकस्मात पर्खाल भत्किएपछि च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

घाइते अवस्थामा रहेका चार जनामध्ये एक जनाको आम्दा अस्पता बुटवल र अर्काको देवदह मेडिकल कलेज भलूहीमा उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए ।

मृत्यु हुनेमा रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन् । घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर छ ।

अर्की सात वर्षीया समीक्षा घाइते छन् । उनको अवस्था मध्यम छ । दुवैको प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको