चैत २२, काठमाडौँ । सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सानेपाको नयाँबाटो चोकमा जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई किच्दा दुर्घटना भएको हो ।
शुक्रबार बिहान भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा अलका अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दोलखा घर भई हालको ठेगाना नखुलेका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय की डोल्मा शेर्पा रहेका छन् । उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनुषा घर भई हाल बुगमती बस्ने १८ वर्षकी स्मृति मगर पनि गम्भीर घाइते भएकी छन् । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
जनक शिक्षाको ट्रकका चालक भने घटना लगत्तै फरार भएको प्रहरीले जनाएको छ ।
तस्बिर: शिव राज बस्नेतको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस